नियम ८३
मुद्दा फिर्ता गरी दिन सक्ने
(१) मुद्दाको पक्षले मुलुकी ऐन, अदालती बन्दोबस्तको महलको ९२ नं. बमोजिम दाबी वा जिकिर प्रमाणित गर्न नसक्ने भनी वा अन्य कुनै कारणले मुद्दा, पुनरावेदन वा निवेदन फिर्ता लिन अदालत समक्ष निवेदन दिन सक्नेछ ।
(२) उपनियम (१) बमोजिम पर्न आएको निवेदन उपर विचार गर्दा प्रचलित कानून बमोजिम फिर्ता गरी दिन हुने भएमा अदालतले निवेदकको माग बमोजिम मुद्दा, पुनरावेदन वा निवेदन फिर्ता गरी दिन    सक्नेछ ।
(३) उपनियम (१) बमोजिम निवेदन दिएको दिन पक्षको तारिख नभई सो भन्दा पछिको तारिख तोकिएको रहेछ भने पनि त्यसलाई अगाडि सारी मुद्दा, पुनरावेदन वा निवेदन फिर्ता गरिदिन सकिनेछ।